May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

लघुवित्तको बोर्ड च्यातेर लगाइयो आगो

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १७:२४
लघुवित्तको बोर्ड च्यातेर लगाइयो आगो

काठमाडौं ।।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् ।

ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् ।

  • ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी
  • तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी
  • हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ

वित्तीय संस्थाहरुलाई  कारबाही गर्ने आफूहरुको पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीबार पूर्वी अछामका ४ वित्तीय संस्थालाई गरिएको पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले बताइन् ।

‘यो हाम्रो पूर्वघोषित कार्यक्रम अन्तर्गतको कारबाही हो ।’, उनले भनिन्, ‘लघुवित्त र सहकारीले ऋणीलाई विभिन्न बाहनामा मानसिक यातना दिने, गोठबाट खसीबाख्रा लगिदिने र घरबारविहीन बनाउने क्रम बढेपछि कारबाही गरेका हौँ ।’

यसो त अछाममा नेकपाका कार्यकर्ताले वित्तीय संस्थाबा तालाबन्दी मात्रै गरेका छैनन्, बरु संस्थाको बोर्डमा आगजनी समेत गरेका छन् ।

‘सुरुमा हामीले संस्थामा तालाबन्दी गर्यौं । त्यसपछि संस्थाका बोर्ड च्यातेर सडकमा ल्याई आगो लगाएका हौँ ।’, नेकपा पूर्वी अछामका सचिव लोकेन्द्र सीले भने, ‘यो क्रम हाम्रो जारी रहन्छ । अझै अरु संस्थाहरुलाई पनि कार्वाही गर्ने कार्यक्रम छ । हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ ।’

अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।