April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मेसीलाई पिएसजीले गर्यो दुई साता निलम्बन

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0६
मेसीलाई पिएसजीले गर्यो दुई साता निलम्बन

पेरिस सेन्ट जर्मेइन(पिएसजी)का स्ट्राइकर तथा विश्व विजेता कप्तान लियोनेल मेसीलाई फ्रेन्च क्लब पिएसजीले दुई साता निलम्बन गरेको छ। उनले क्लबलाई जानकारी नगराई यसै साता साउदी भ्रमण गरेको भन्दै दुई साता प्रतिबन्ध लगाउने निर्णय क्लबले गरेको हो।

आइतबार पिएसजी घरेलु मैदानमा लोरेन्टेसँग ३-१ ले पराजित हुँदा मेसीले पुरै ९० मिनेट खेलेका थिए। त्यसपछि उनी साउदी प्रस्थान गरेका थिए। मेसीले आफ्नो निलम्बनको अवधिमा पिएसजीमा प्रशिक्षण तथा खेल खेल्न पाउने छैनन्।

यद्यपि, मेसीले कमर्सियल प्रायोजनका लागि क्लबसँग अनुमति मागेको भएपनि क्लबले अस्वीकार गरेको थियो। मेसी साउदी अरेबियाको पर्यटन राजदुतका रुपमा रहेका छन्। उनलाई क्लबले जरिवानासमेत गर्न सक्ने जनाइएको छ।

विश्व विजेता मेसीले पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। उनको सम्झौता समरमा सकिँदै छ। योबीचमा पिएसजीसँग उनको सम्झौता लम्बिने सम्भावना कमजोर छ।

पिएसजीमा मेसीले ३१ गोल गर्दा ३४ गोलका लागि असिस्ट गरेका छन्। उनले सबैखाले प्रतियोगितामा गरी ७१ खेल खेलेका छन। उनको उत्कृष्ट प्रदर्शनमा गत सिजन पिएसजीले लिग वानको उपाधि जितेको थियो। उनले अब आइतबार हुने ट्रोयस र १४ तारिखमा हुने आजसियोसँगको खेल गुमाउने छन्।

पिएसजी लिगमा ५ खेल बाँकी रहँदा अहिले दोस्रो स्थानको मार्सेली भन्दा ५ अङ्कले अग्रता बनाउँदै शीर्ष स्थानमा रहेको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० 0८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट