May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १0:३६
रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।

सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्।

उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए।

लामिछाने साे घरको भुईँ तलामा सुतेका  थिए। दाेस्रो तलामा दीपक बाेहाेरा लगायत सुतेका थिए।

तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका हुन्।

गम्भीर घाइते भएका दिलबहादुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।

लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम थियो।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।