April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, साउद बने परराष्ट्रमन्त्री

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:५0
प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, साउद बने परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीमा जुट्ने बताएका छन्। परराष्ट्रमन्त्रीको रूपमा आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका साउदले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा मन्त्रालयले काम गरिरहेको छ। म यो बिषयमा सचिव सँगै कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढ्छु।’

मन्त्री साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लाग्ने पनि बताए।
‘नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्नतर्फ म लाग्नेछु,’ उनले भने, ‘नेपाल शान्तिप्रेमी देश हो। छिमेकी राष्ट्रहरूसँग विगतदेखि नै हाम्रो सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध रहीआएको छ। हामीले आगामी दिनमा पनि सबै छिमेकी देशहरूसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौं। नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने काम गर्नेछौं।’

राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणलाई ध्यानमा राख्दै सत्तारूढ दलले साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको थियो। कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका विश्वसनीय नेताका रूपमा चिनिएका मन्त्री साउदलाई पार्टीभित्रकै धेरै आकांक्षी भित्रबाट सभापति देउवालेनै मन्त्रीका लागि अघि सारेका हुन्।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।