April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण धमाधम’

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:१४
नयाँ प्रविधिको नियमन र व्यवस्थापन गर्न कानुन निर्माण धमाधम’

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम भइरहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरेपनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानुन नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्धस्तरमा जुटेको बताएकी हुन् ।

उनले भनिन्, ‘सुचना र प्रविधि अगाडि अगाडि, तपाई हामी पछाडि पछाडि छौं । हाम्रो विडम्बना यहीं छ । संसारमा उत्पादन हुने वा विकास हुने नयाँ प्रविधिलाई हामी आत्मासाथ गरि नै रहन्छौं । तर त्यसलाई नियमन र व्यवस्थित गर्न हामीसँग कानुन छैन् । त्यो कानुन निर्माणको निम्ति मन्त्रालय युद्धस्तरमा जुटको छ ।’

मन्त्री शर्माले आम नागरिकको आधुनिक जीवनशैलीको आधार बन्दै गएको सूचना र प्रविधिलाई अब सुशासन र समृद्धिको आधार बनाउनुपर्ने धारणा राखिन् । उनले समृद्धिको आधार भनेकै सूचना र प्रविधि हो भनेर सैद्धान्तिक रुपमा स्वीकार गरेतापनि अझै व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।

सुशासन सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित सरकार अघि बढेको र त्यसैमा आधारित रहेर आगामी १६ औं योजनाको तयारीमा जुटेको जानकारी दिइन् । सूचना र प्रविधिको क्षेत्रबाट लगानी गर्नसके अर्थतन्त्र सबल बन्न सक्ने उनको भनाई छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।