April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने

५३ लाख बढी स्याङ्जामा बेरुजु

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:0३
५३ लाख बढी स्याङ्जामा बेरुजु

स्याङ्जा : स्याङ्जामा आ.व २०७८-७९ मा २६ करोड ५७ लाख २८ हजार रकम बेरुजु देखिएको छ। महालेखापरीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढी बजेट बेरुजु देखिएको हो।
स्याङ्जाका ११ वटा स्थानीय तहका १४ अर्ब ३४ करोड ५७ लाख ६० हजारको लेखापरीक्षण गर्दा १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको हो। ६ गाउँपालिका र ५ वटा नगरपालिका रहेको स्याङ्जामा प्रतिशतका आधारमा यसपटक चापाकोटमा सबैभन्दा बढी र वालिङ्मा सबैभन्दा कम देखिएको छ।

चापाकोटमा ३ दशमलब ०२ प्रतिशत र वालिङमा १ दशमलब ४६ प्रतिशत बेरुजु छ। यसैगरी, गाउँपालिकामा हरिनासमा सबैभन्दा बढी र फेदिखोलामा सबैभन्दा कम बेरुजु छ। हरिनासको ४ दशमलब २६ र फेदिखोलाको १ दशमलब १३ प्रतिशत बेरुजु छ।

चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपैयाको लेखापरिक्षण गरिँदा ३ करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ। गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजारको लेखापरिक्षण गर्दा ३ करोड २३ लाख ८६ हजार बेरुजु छ।
पुतलीबजार नगरपालिकामा २ अर्ब ३८ करोड १० लाख ४८ हजार रुपैयाँको लेखापरीक्षण गरिँदा ३ करोड २५ लाख दुई हजार बेरुजु छ। भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरीक्षणमा २ करोड १९ लाख ७० हजार बेरुजे छ।

वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरीक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।

यस्तै,आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपैयाँ लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपैयाँ बेरुजु देखियो। कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपैयाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपैयाँ बेरुजु भयो।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।