काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीको टोलीबीच झडप हुँदा दर्जनौँ मिटरब्याज पीडित घाइते भएका छन्।
मिटरब्याज पीडितहरूको समूहलाई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो।
प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि कुटपिट गरेकाे थियाे। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेकाे थियो।
प्रहरीले केही मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ। चर्को ब्याजका कारण आफूहरू मारमा परेको भन्दै सरकारसमक्ष ६ बुँदे माग राखेको मीटरव्याज
पीडितहरूको टोलीले केही समययता राजधानीमा विरोध तथा धर्नाका कार्यक्रमहरू गरिरहेको छ।