हेटौंडा। बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ।
प्रदेश सरकारले आज प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० दर्ता गरेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्।
आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाई सकिएको गुप्ताले बताए।
उनका अनुसार वर्षे अधिवेशन जेठको पहिलो हप्ता हुने तयारी रहेको छ। सोही अधिवेशनमा आज दर्ता भएको विधेयकमाथि छलफल हुने जनाइएको छ।