March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

शान्तिवाटिकाको झडपबारे छानबिन गर्न समिति गठन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १७:१0
शान्तिवाटिकाको झडपबारे छानबिन गर्न समिति गठन

काठमाडौं। मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।

मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।

उनका अनुसार मिटरब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।

घटनामा प्रहरी टोलीको नेतृत्व गरेका डीएसपी गम्भीर घाइते भएको र घाइते मिटरब्याज पीडितहरुलाई पनि आफूले भेटेको उनले बताए । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘यो दुखद घटना हो, अब आइन्दा यस्तो घटना नहोस्, प्रहरी प्रशासनले संयमता अपनाओस् भनेका छौं ।’

मिटरब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बताए ।

सरकारले आयोग बनाउनुका साथै कानुन संशोधन गर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘ जनजागरण अभियान गरेर बल पुर्‍याउनुभएको छ, यसको निम्ति धन्यवाद । तर अनावश्यक रुपमा पीडितहरुलाई दुख दिने काम कसैले पनि नगरौं भन्ने अपील पनि गर्न चाहन्छु ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट