October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर घट्दै

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३0
वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर घट्दै

काठमाडौं । वाणिज्य बैंकको कर्जा र निक्षेपको ब्याजदर वैशाखदेखि घट्ने भएको छ। विशेषगरी मुद्दती निक्षेपको ब्याजदर हालसम्म दोहोरो अंकमा भए पनि अब एकल अंकमा झर्ने भएको हो।

वाणिज्य बैंकका सबै प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको सहभागितामा बुधबार बसेको बैठकले भद्र सहमति गर्दै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो। उक्त निर्णयअनुसार वाणिज्य बैंकले वैशाख १ गतेदेखि एकवर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशत कायम गर्ने भएका छन्। यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ। चैत्रसम्ममा संस्थागत निक्षेप ९.९९ प्रतिशत थियो।
यस्तै, कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा सीमित राखिएको छ। साथै, अब साधारण बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम हुनेछ। तर बैंकर्स संघकै निर्णयअनुसार साधारण बचतमा चैत्र महिनामा न्यूनतम ०.४२ प्रतिशत बिन्दुले घटाएर न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म मात्रै कायम गरिएको थियो।

अहिले घटाएको निक्षेपको ब्याजदरको प्रभाव कर्जामा भने आगामी साउनदेखि मात्रै पर्ने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। तर यसबीच तेस्रो त्रैमासिक अवधिमा घटेको निक्षेपको ब्याज गणनाबाट निक्लिने आधारदर (बेस रेट) अनुसार कर्जाको ब्याजदरको लाभ नयाँ र पुराना ऋणीहरूले लिन पाउने उनले बताए।

दर ४.२ हुनुपर्ने व्यवस्था छ। यसको असर वैशाखमै कर्जाको ब्याजदरमा देखिने भएकाले ऋणको ब्याजदर घट्छ। नयाँ ऋणीलाई जेठदेखि र पुरानालाई साउनसम्म पर्खिनु पर्छ,’ कार्यकारी निर्देशक शर्माले अन्नपूर्णसँग भने, ‘ब्याजदरले गर्दा मात्रै व्यवसाय नचलेको होइन। तर सबैको आरोप चर्को ब्याजदर भन्ने रह्यो अब घटाइएको छ।

हेरौं न त १’ यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बजारमा कर्जाको ब्याजदर घटाउन चौतर्फी माग हुँदै आएकोमा बैंकरले मुद्दती निक्षेपको ब्याजदर घटाउन बाध्य भएको बताउँछन्। कर्जाको ब्याजदर घटाउन दबाब आएकाले अब विस्तारै निक्षेपको ब्याजदर घटाउँदै जानका लागि बैंकर्सहरूले यस्तो निर्णय गरेको उनले बताए। कोइराला भन्छन, ‘एकैचोटी कर्जाको ब्याजदर घटाउन सकिँदैन। निक्षेपको ब्याजदर घटाउँदै गएपछि कर्जाको ब्याजदर पनि घट्छ। कर्जाको ब्याज वैशाखमा अलिकति घट्छ। तर अहिले घटाएको मुद्दतीको ब्याजका कारण कर्जाको ब्याज भने साउनमा मात्रै घट्नेछ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्