सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने मन्त्रीहरुले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आज साझँ तीन मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिने छन् ।
मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय बेदराज सिंह, सामाजिक विकास मन्त्रालय खड्गबहादुर पोखरेल र वन तथा वातावरण मन्त्रालय कृष्णकुमार बिसीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।