May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्यायाधीश सुष्माको इजलासमा बालेनविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:१0
न्यायाधीश सुष्माको इजलासमा बालेनविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विरुद्ध परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ। सिंहदरबार,बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै सोमबार मेयर बालेनविरूद्ध सर्वोच्चमा रिट दायर भएको थियो।
अभिवक्ता पदम श्रेष्ठले महानगरपालिकाले कानुन संवत् फोहोर व्यवस्थापन गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा रिट तोकिएपनि पछि हेर्न नभ्याइनेमा राखेको थियो।

निवेदनमा आफ्नो क्षेभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकोले कानून विपरित आजसम्म फोहोर संकलन नगरेकोले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहर संकलन र विसर्जन गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ,‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगवाट बन्चित हुने भएकोले उक्त विषय सार्वजनिक सरोकारको विषय समेत भएको हुँदा नेपालको संविधानको धारा ३०,४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४,वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु ।’
काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकोले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न निवेदनमा माग गरिएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट