July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिंहदरबारको फोहोर १२ दिनदेखि उठेको छैन

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:२२
सिंहदरबारको फोहोर १२ दिनदेखि उठेको छैन

काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनपश्चात १२ दिनदेखि सिंहदरबारको फोहोर उठेको छैन।

केन्द्र सरकारले स्थानीय तहसँग समन्वय नगरेको भन्दै मेयर शाहले फोहोर नउठाउने बताएपछि १२ दिनदेखि सिंहदरबार, राष्ट्रपति निवास र सभामुख निवासको फोहोर नउठाइएको हो।

सिंहदरबारभित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रालिले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर केही व्यवस्थापन गरेपनि त्यहाँबाट बाहिर निकाल्नु पर्ने फोहोर दैनिक २ टन बढी हुन्छ। ती सबै फोहोर अहिले सिंहदरबार भित्रै छ।

महानगरले वार्ता नभएसम्म कुनै पनि हालतमा फोहोर नउठाउने बताउँदै आएको छ। सिंहदरबारभित्र बसेको सरकारसँग सहकार्य गर्न र महानगरका समस्या सामूहिक रूपमा समाधान गर्नका लागि पटक–पटक पहल गर्दा पनि कुनै सहयोग नपाएकाले यो निर्णयमा पुगेको मेयर शाह बताउँछन्।

उनले पछिल्ला समयमा संघीय सरकारको असहयोगका विषयमा विभिन्न प्रतिक्रिया व्यक्ति गर्दै पनि आएका छन्। उनले सरकारका विभिन्न मन्त्रालयसँग अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फटपाथ खाली गर्नुपर्ने, सरकारी विद्यालय र अस्पतालको गुणस्तर वृद्धिका लागि पहल, राष्ट्रिय एम्बुलेन्स सेवा सुरु लगायतका विषयमा सरकारले सहयोग नगरेको बताएका छन्।
यस्तै एयरपोर्टको नक्सा पास, तीनकुनेको जग्गा तथा खोला करिडोर निर्माण, बागमती सरसफाइ, फोहोरको दीर्घकालीन व्यवस्थापन, रिङरोड विस्तार, मेलम्चीको पानीलगायतका विषयमा सरकारले सुनुवाइ नगरेको जानकारी मेयरले दिएका छन्। महानगर प्रमुखको निर्णयपश्चात् सिंहदरबारलगायत केही क्षेत्रको फोहोर उठेको छैन। नउठाएपछि सिंहदरबारभित्रको फोहोर अहिले एक कुनामा राखिएको छ।

सिंहदरबार,बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै सोमबार मेयर बालेनविरूद्ध सर्वोच्चमा रिट दायर भएको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्