May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

आसिफ आउट भएपछी नेपाललाई लाग्यो झट्का

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १४:१७
आसिफ आउट भएपछी नेपाललाई लाग्यो झट्का
  • नेपालले २.२ ओभरमा आसिफलाई गुमायो 
  • नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै
  • नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण
  • समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन्

काठमाडौं ।।

आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको छ ।

ताकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले २.२ ओभरमा आसिफलाई गुमाएको हो । डक भएका आसिफलाई नेदरल्यान्ड्सका लोगन भान बीकले बोल्ड गरे । नेपालले तीन ओभरको समाप्तिमा एक विकेट गुमाएर आठ रन जोडेको छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै छ । खेलका लागि भएको टस जितेपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका थिए ।

छनोटको सुपर सिक्समा पुग्न आज नेपाललाई जित्नैपर्ने दबाबमा छ । आजको खेलमा जित निकाले पनि नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण आवश्यक हुन्छ ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

  • साझा परिवेश
  • शनिबार, असार ९, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट