May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० 0८:२0
मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र सांसदसमेत रहेका राष्ट्रिय जनमत पार्टीका अध्यक्षसहित सांसदहरूले तोडेका हुन् ।

हरेक वर्ष इस्वी संवत्को नयाँ वर्षको दिन आफ्नो पार्टीले धोती दिवस मनाउँदै आएको भन्दै धोती दिवस लेखिएको ब्यानर लिएर मन्त्री यादव र सांसद राउत सहभागी भएका थिए। धोती लगाएर माइतीघर निषेधित क्षेत्रमा गरेको र्यालीको अगुवाइ गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

निषेधित क्षेत्रमा भेला भएपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग मन्त्री, सांसदको धकेलाधकेल भएको थियो । माइतीघर निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडि रहेका राउतसहित टोलीलाई ओर्लिनेबित्तिकै प्रहरीले धरपकड गर्न शुरू गरेको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले मंसिर ७ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेलगत्तै त्यसको प्रतिकार गर्दै नेकपा एमाले निकट युवा संगठनले सोही स्थानमा अर्को प्रदर्शनी गर्ने तय गरेको थियो । जिल्लाको समग्र सुरक्षा व्यवस्थापन जिम्मा स्थानीय प्रशासन ऐन २०२८ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

जिल्लाको वस्तुस्थिति कस्तो छ, कस्ता रणनीति र उपाय अपनाउँदा शान्तिसुरक्षा र अमनचयन राख्न सकिन्छ भनेर प्रजिअले नै सोहीअनुसार निर्णय गर्ने, आदेश दिने प्रावधान रहेको छ । त्यसपछि प्रशासनले मंसिरको पहिलो साता माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रशासनले जुलुस, प्रदर्शनी गर्न नपाउने निषेधित क्षेत्रको दायरा मिति थप दुई महिनाका लागि बढाउँदै लगेको पृष्ठभूमिमा हिजो मन्त्री र सांसदले निषेधित क्षेत्र तोडेका थिए । शुरूमा एक महिनाको लागि निषेधित क्षेत्र तोकेको प्रशासनले पछिल्लोपटक पुस ४ देखि फागुन ४ सम्म निषेधित क्षेत्र तोकेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस १७, २०८० 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट