May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चितवन उपनिर्वाचन अपडेट नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:४७
चितवन उपनिर्वाचन अपडेट नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी

चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदानस्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो ।

मध्यान्ह १२ बजेबाट स्थगित भएको मतदान कार्य सञ्चालनको लागि प्रयास भइरहेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी सञ्चालन गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

सात वटा मतदान केन्द्र रहेको नयाँ किरण मावि स्थलमा ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । यस केन्द्रमा छ हजार आठ सय मतदाता छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

यो पनि हेर्नुस् :

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट