May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

एनसेल बिक्री नभएर सब नाटक हो : राजेन्द्र पाण्डे

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:१४
एनसेल बिक्री नभएर सब नाटक हो : राजेन्द्र पाण्डे
  • एनसेल बिक्री नभएर नाटक 
  • प्रधानमन्त्री बोलाएर पनि छलफल गर्न जरुरी 
  • यसलाई गम्भीर भएर लिनुपर्ने 

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने भूमिकामा कमी आउन दिनु हुन्न । प्रधानमन्त्री बोलाएर पनि छलफल गर्नुपर्छ,” उनले भने, “यो बिक्रीको नाटक हो, बिक्री होइन । यसलाई गम्भीर भएर लिनुपर्छ ।”

उनले संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नकारात्मक काम गरेको आरोप लगाएका छन् । उनले प्रमुखहरूको गाइजात्रा देखिएको टिप्पणी समेत गरे । “संघीय मामिला मन्त्रालयले सुशासन कायम गर्न नेगेटिभ काम भयो । अहिलेसम्म बजेट पेस नगर्ने पालिका छन्, त्यहाँको हालत के भएको होला ? बजेट नल्याएर जनतालाई दुख दिन्छन्, अनि व्यवस्थामा रिस बढेको छ,” उनले भने, “प्रशासनिक प्रमुखहरूको गाइजात्रा छ । चार महिनामा चारजना फेरिन्छन् । यसमा पनि मामिला मन्त्रालय हेरेर बसेको छ । यसमा गम्भीर हुन जरूरी छ ।”

 

 

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्