sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:0४
नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी

काठमाडौँ । नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६.२) प्रतिशत रहेको बताए । त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७९० (३३.८ प्रतिशत) रहेको बताए । २०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो ।

नेपालको लैङ्गिक अनुपात प्रति सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी को जनसंख्या २ हजार ९२८ रहेका छन् भने उक्त संख्या नगरपालिकामा २ हजार ११८ र गाउँपालिकामा ८१० जना रहेको निर्देशक लामिछानेले बताए । २०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिद्धर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ ।

नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमुली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्ने पाइएको छ ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बोसवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरु ६९.० प्रतिशत रहेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid