July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:0४
नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी

काठमाडौँ । नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६.२) प्रतिशत रहेको बताए । त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७९० (३३.८ प्रतिशत) रहेको बताए । २०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो ।

नेपालको लैङ्गिक अनुपात प्रति सय महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ भने नगरपालिकाको ९६.०६ र गाउँपालिकाको ९४.६८ रहेको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी को जनसंख्या २ हजार ९२८ रहेका छन् भने उक्त संख्या नगरपालिकामा २ हजार ११८ र गाउँपालिकामा ८१० जना रहेको निर्देशक लामिछानेले बताए । २०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिद्धर ०.९२ प्रतिशत प्रतिवर्ष रहेको छ ।

नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८.५ प्रतिशत र महिला परिवारमुली रहेको संख्या ३१.५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्ने पाइएको छ ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बोसवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरु ६९.० प्रतिशत रहेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्