April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

प्रधानमन्त्री प्रचण्डले दिए क्रिकेट टिमलाई बधाई

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:0५
प्रधानमन्त्री प्रचण्डले दिए क्रिकेट टिमलाई बधाई
  • क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बधाई दिए
  • कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोले टिमलाई बधाई

काठमाडौं ।।

चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार सामाजिक सञ्जालमार्फत एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका बताउँदै टिमलाई बधाईसहित धन्यवाद दिए ।

“१९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई । साथै, आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली टिम मंगलबार चीनको झेजाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा भारतसँग २३ रनले पराजित हुँदै पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।