July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

३ बजे रामचन्द्र पौडेलले एनपी साउदलाई शपथ खुवाउने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५५
३ बजे रामचन्द्र पौडेलले एनपी साउदलाई शपथ खुवाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्।

नेपाली कांग्रेसले नेता एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न पत्र पठाएपछि प्रधानमन्त्री प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

परराष्ट्रमन्त्रीमा साउदको शपथ ग्रहणका लागि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेका छन्।

आइतबार ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्।

प्रधानमन्त्री प्रचण्डले यसअघि चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसले चार जनालाई मात्रै मन्त्री बनाएको थियो।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

संस्थापन र इतर पक्षबीच मन्त्री भागबन्डामा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।

चैत ३० गते संस्थापन इतर पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति देउवा तयार भएका थिए।

कांग्रेसभित्र सहमति जुटेका कारण वैशाख १० गतेको उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट