May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

स्मृति कंडेलले ४ जीपीए ल्याएर पाइन् नगद सहित सम्मान

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १0:५२
स्मृति कंडेलले ४ जीपीए ल्याएर पाइन् नगद सहित सम्मान
  • ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान
  • नगद ३५ हजारसहित स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गर्यो 
  • हरेक क्षेत्रमा सहयोग गर्न गाउँपालिका तयार 

गुल्मी ।।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट-४ की स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।

जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद ३५ हजारसहित सम्मान गरे ।कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए ।कंडेलको नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए । श्रृङ्गा जनता माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । यसपटक विद्यालयबाट ४५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका थिए । यस्तै, विद्यालयले एसईई मा २.८ जीपीए ल्याएर पालिकामै कक्षा ११ र १२ पढे पूर्णरूपमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।