April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

विराटनगर महानगरपालिकाद्वारा १५ वटा सहकारीको दर्ता खारेज

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२२
विराटनगर महानगरपालिकाद्वारा १५ वटा सहकारीको दर्ता खारेज

विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नरहेका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

महानगरपालिकाले आइतबार लेखा परीक्षण नगरेका, साधारणसभा गरे पनि विवरण नबुझाएका सहकारी संस्थाहरुको सहकारी ऐनअनुसार दर्ता खारेज गरेको हो।

सर्वसाधारणले बचत गरेको रकम असुरक्षित हुने क्रम बढ्दै गएपछि महानगरले पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सक्रिय बचत तथा ऋण
सहकारी संस्था लि., विराट कोसेली घर, एक्सेचेन्ज बचत तथा ऋण सहकारी, सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए।

यस्तै, भिजन फर्मा सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, खाटुश्याम बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन्।

त्यसैगरि, गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता खारेज गरिएको छ।

महानगरपालिकाले ती सहकारीलाई लेखापरीक्षण विवरणसँगै आवश्यक कागजातसहित सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।