May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:४४
लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। साेमबार बसेकाो प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्।

यस्तै, प्रदेशसभा बैठकमा बिशेष सम्बाेधन गर्दै उनले संघीयता कार्यान्वयनकाे लागि आफ्नाे नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्।

मुख्यमन्त्री गिरीले जनताका भावना, आकांक्षा र विश्वासको कदर गरेर नै लुम्बिनी प्रदेशलाई देशभरका प्रदेशहरूमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेश बनाउन प्रयत्न गरेकाे बताए।

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’उनले भने,’यसरी तयार गरिएका आधारहरू साकार हुँदा भविष्यमा अझ सफलता देखिने निश्चित छ। हामीले संघीयता कार्यान्वयनका मुल मुद्दाहरू पहिचान गरी तिनीहरूको समाधान खोज्न संघीय सरकारसँग पटक-पटक भेटघाट तथा पत्राचारसमेत गरी समस्या समाधानको लागि निरन्तर प्रयास गरेका छौँ।’

सीमित स्रोत, साधन र बजेटका आधारमा गरेका कामहरूबाट धेरै उपलब्धीहरू प्राप्त भएकाे दावी उनकाे छ।

‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ। आज प्रदेश सरकारको दोस्रो कार्यकालको झण्डै पहिलो चार महिनामा नयाँ विषय र संवैधानिक प्रावधानको पूर्ण पालनाका लागि यहाँ उपस्थित भएका छौँ’, मुख्यमन्त्री गिरीले भने।

प्रदेश सरकार जनतासँग नजिक रहेर प्रदेशमा पूर्बाधार तथा आर्थिक विकासमा केन्द्रित हुने उनकाे भनाइ छ।

‘प्रदेशसभाका सदस्यहरू दत्तचित्त भएर प्रदेश समृद्धिको गन्तव्यमा पुग्न चाहिने नीति तथा योजना निर्माणमा लागि रहनुभएको छ। प्रदेशसभा भित्रका समितिहरू संघीयतालाई बलियो बनाइ अधिकार सम्पन्न र सुदृढ प्रदेश बनाउने लडाइँमा क्रियाशील भइहेका छन्। हामीकहाँ हुर्किएको अस्थिर मनोवृत्तिले प्रदेश बलियो हुन कठिन छ। सबैकाे साझा जाेडबलले नै प्रदेशकाे समृद्धि सम्भव छ’, मुख्यमन्त्री गिरीले भने।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट