sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुडानमा सैन्य द्वन्द्व चर्कियो, थुप्रै देशले आफ्ना कूटनीतिज्ञलाई निकाले

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:४९
सुडानमा सैन्य द्वन्द्व चर्कियो, थुप्रै देशले आफ्ना कूटनीतिज्ञलाई निकाले

एजेन्सी । सुडान सेना र अर्धसैनिक र्‌यापिड सपोर्ट फोर्सबीच भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् ।

सुडानमा जारी द्वन्द्व आइतबार नवौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको सङ्केत देखिएको छैन । इदको अवसरमा एक दिनका लागि मात्रै  युद्ध विराम गरिएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ ।

अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ ।  फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेका छन् ।

यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छन् । धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेका छन् ।

एसोसिएटेड प्रेसका अनुसार सुडान द्वन्द्वमा हालसम्म ४२० जनाको मृत्यु भइसकेको छ । जसमध्ये २६४ जना सर्वसाधारण रहेका छन् । ३७०० जना घाइते भएको पनि समाचार छ । सुडानमा भएको द्वन्द्वले अहिले भीषण रूप लिएको छ ।

र्‌यापिड सपोर्ट फोर्सले आफ्ना सशस्त्र लडाकुहरूले काफोरी र खार्तुमसँग जोडिएको क्षेत्रमा हवाई आक्रमण गरेको बताएको छ । अहिले सेनाको तर्फबाट कुनै वक्तव्य आएको छैन ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १२:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid