May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

मन्त्रीले राम्रो काम गरिरहेको बेलामा आत्महत्या बिषय ठुलो नबनाउँ : स्वास्थ्य मन्त्रालय

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १७:१२
मन्त्रीले राम्रो काम गरिरहेको बेलामा आत्महत्या बिषय ठुलो नबनाउँ : स्वास्थ्य मन्त्रालय
  • प्रशासनिक सुधार भइरहेको बेलामा आत्महत्याजस्तो संवेदनशील विषय जोडिएकोमा स्वास्थ्यमन्त्री असन्तुष्टि
  • आत्महत्या बिषय सञ्जालहरुमा प्रचार भइरहेको भन्दै मन्त्रालयको विज्ञप्ति 

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतले सुरु गरेको प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडिएको भन्दै असन्तुष्टि जनाएको छ । हालै मन्त्री बस्नेतले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको भन्दै मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो ।

‘वर्षौदेखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गममा अभाव हुने बेथितिको सुधार एवं निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्याउने अभियान चलाइरहँदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्याजस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्नु हुन सम्बद्ध सबैमा मन्त्रालयको हार्दिक अनुरोध छ’ सूचना अधिकारी डा. पवनकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेतले बिहीबार राष्ट्रिय सभा बैठकमा आफूले पनि प्रष्टीकरण दिएका थिए । उनले एक स्वास्थ्यकर्मीले काठमाडौंमा दरबन्दी हुँदाहुँदै नुवाकोट गएको र काज फिर्ता गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा नै बस्न पाउनुपर्ने भनेर मन्त्रालयका सचिवहरुलाई आत्महत्याको धम्की दिएको बताए ।

‘ट्रमा सेन्टरमै चाहिन्छ भएन भने आत्महत्या गर्छु भनेर मेरो मन्त्रालयको सचिवहरुकोमा कराउन थालेछ’ मन्त्री बस्नेतले भने, ‘के गर्ने आत्महत्या गर्छु भनेको छ भनेर सचिवहरु डराएपछि आफूले यो सबै नौटंकी हो, नाटक हो, कडाइका साथ प्रस्तुत हुनुस् भनेँ ।’ मन्त्री बस्नेतले अगाडि भने, ‘म ढाँट्दिन तपाईंकोमा (आत्महत्या) गर्छु भनेको भए मकहाँ पठाइदिनुस् भनेको हो ।’

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि ती स्वास्थ्यकर्मीले ट्रमा सेन्टरमा नै काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा उनी तोकिएकै ठाउँमा जाउन् भन्ने उद्देश्यले मन्त्रीबाट त्यस्तो भाषा प्रयोग भएको प्रष्टीकरण दिइएको छ ।

मन्त्रालयले वर्षौंदेखिको विकृतिलाई समाधान गर्न असल मनसायका साथ गरिएको प्रयासमा धम्कीपूर्ण भाषाको प्रयोग, खटाएको ठाउँमा नजाने जस्ता गतिविधि देखिएको भन्दै यस्ता गतिविधिले अनवरत सेवामा खटिने स्वास्थ्यकर्मीको भावनामा असर पर्ने बताएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।