May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:५९
प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरियो

काठमाडौं । फिल्म ‘प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । फिल्म हेर्न कास्ट एण्ड क्रिउ तथा सेलिब्रिटी पुगेका थिए ।

विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, रेखा थापा, पूजा शर्मा, दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, धीरज मगर, जसिता गुरुङ, भुवन केसी लगायत पुगेका थिए ।

निर्माताको निम्तोमा प्रिमियरमा पुगेका अधिकांश सञ्चारकर्मी, प्रदर्शक, निर्माता फिल्म नहेरिकनै फर्किएका थिए ।

मिडियालाई प्रिमियरमा प्राथमिकता नदिएको भन्दै केही सञ्चारकर्मीले असन्तुष्टि व्यक्त गरे । फिल्म हलका सुरक्षागार्डले केही सञ्चारकर्मीलाई फर्काएका थिए ।

चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले प्रिमियरमा मिडियालाई प्राथमिकता नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् । फिल्म हेरेर शो तय गर्ने उद्देश्यले आएको क्यूएफएक्सको टोली पनि फर्किएको थियो ।

यसबारे निर्देशक सुदर्शन थापा र वितरक गोपाल कायस्थलाई सोध्दा उनीहरुले कुनै प्रतिक्रिया दिएनन् ।आगामी शुक्रबारदेखि प्रदर्शन हुने जनाइएको ‘प्रसाद २’ले अन्तरजातीय विवाह सम्बन्धले सिर्जना गरेको सामाजिक अन्तसंघर्षको कथा पेश गर्छ।

फिल्म हेरेका सेलिब्रिटीले सकारात्मक प्रतिक्रिया दिएको विवरण सामाजिक सञ्जालमा आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।