April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे संसदमा छलफल हुनुपर्छ : सांसद पन्त

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१४
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे संसदमा छलफल हुनुपर्छ : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतले सम्मानसाथ बोलाएपछि मात्रै भ्रमणमा जान आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नियुक्त भएदेखि नै भारत भ्रमणमा जान चाहेपनि अझै टुंगो नलागेको बताए ।

उनले भने, ‘बोलाउने सम्मानसाथ बोलाएपछि मात्रै देशको प्रधानमन्त्रीले गरिमासाथ जानु राम्रो हुन्छ । भारतसँगको सम्बन्ध हाम्रो लागि महत्वपूर्ण छ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाबारे अहिलेसम्म संसदमा जानकारी नभएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘प्रधानमन्त्रीको त अनुहार हेर्न पनि दुर्लभ भइसक्यो । अहिलेसम्म संसदमा भ्रमणबारे जानकारी गराउनुभएको छैन । यो विषयमा संसदमा छलफल होस् ।’

भारतसँगका कतिपयको कुरा टुंगिन बाँकी रहेकाले आफ्नो आत्मनिर्णयमा समेत प्रभावित भएको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।