काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच बुधबार प्रधानमन्त्री निवासमा भेटघाट भएको छ।
उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए । साथै सम्बैधानिक परिषद्सम्बधीत विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ ।