May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

कांग्रेसको लाइभले कम्युनिस्टलाई चुनौती दियो अब देखि गोप्य बैठक बस्ने हैन : बामदेव गौतम

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १६:0२
कांग्रेसको लाइभले कम्युनिस्टलाई चुनौती दियो अब देखि गोप्य बैठक बस्ने हैन : बामदेव गौतम
  • केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गर्यो 
  • कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती

काठमाडौं ।।

राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए ।

‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरुलाई चुनौती हो, कम्युनिस्टहरु हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रश्न गरे । उनले अगाडि भने, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गोप्य रुपमा निर्णय गर्नु पर्ने कुनै विषय छैन ।’

२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ । कांग्रेसले केन्द्रीय समिति बैठक खुला गरेर राम्रो काम गरेको भन्दै उनले बधाई दिए । ‘नेपाली कांग्रेसलाई मेरो बधाई छ, त्यही बाटोमा कम्युनिस्टहरु पनि हिँड्नुपर्छ’ नेता गौतमले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि अब यही बाटोबाट समृद्धि प्राप्त हुने भन्दै उनले भने, ‘चाहे चीनको समृद्धि, चाहे अमेरिकाको समृद्धि, चाहे युरोपको समृद्धि यही बाटोबाट प्राप्त गर्न सक्छौं ।’

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट