May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:२४
महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

 जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो ।

घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ ।

मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषकी दिदी रुवी झाले बताइन् ।

‘ससुरा पक्ष आफ्नो हिसाबले मारेर नै फालिदिएका थिए । स्थानीयले देखेपछि हामीलाई खबर गरे । नत्र मरेपछि लास नै गायब गर्थे होला,’रुवीले भनिन्, ‘उपचारको लागि ल्याएर सिटी स्क्यान गराउँदा टाउकोको खप्पर टुक्राटुक्रा भइसकेको थियो । धन्न डाक्टरहरुले समयमै टाउकोको शल्यक्रिया गरी खप्प्पर जोडेर ज्यान जोगाए ।’

सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् ।तर, उनको दुवै हातखुट्टा चल्दैनन् ।

घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो । सासू ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटनामा संलग्न सालो धर्र्मेन्द्र र ससुरा पर्ने घनश्याम भने अझै फरार रहेका छन् । दुवै जनाको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सन्तोषका परिवारजनले चार जनामाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।

घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको बताइएको छ । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै सन्तोषले  घटनामा संलग्न रहेकहरुमाथि कारबाहीको माग गरेका छन् । उनका साढे दुई वर्षका छोरा छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।