May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

रेफ्रीलाई नै मुक्का हानेपछि…..

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:४७
रेफ्रीलाई नै मुक्का हानेपछि…..
  • मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भए
  • आक्रमण टर्की फुटबलको लागि लज्जास्पद बन्यो 
  • प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढले

काठमाडौं ।।

टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।

लिगका सबै खेल तत्कालको लागि स्थगित गरेका छौं,’ टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले भनेका छन्, ‘यो आक्रमण टर्की फुटबलको लागि लज्जास्पद हो ।’९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए । मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए ।

उनी घाइते छन् । उनलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् । ३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट रेफ्रीमध्येका एक हुन् । फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाएका उनी युइएफएका इलाइट रेफ्री लिस्टमा पनि छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।