sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धान खेत मासेर पाँचभाइले गर्दैछन् सुन्तला खेती

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:४२
धान खेत मासेर पाँचभाइले गर्दैछन् सुन्तला खेती

बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो।

कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन् ।
पैँतिस वर्षसम्म शिक्षण गरेका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो ६ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाएका छन् भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरुवा लगाएका छन् ।

भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा ६ महिना बाँझो छोड्नुपर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका बिरुवाले हरियाली बनेको रेशमलाल शर्माले जानकारी दिए ।

‘हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगामी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाका रूपमा विस्तार गर्न सुन्तला लगाएका हौँ’, उनले भने, ‘धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो अठोट छ।’

रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थालेका हुन् । उक्त सुन्तला बगैँचा जिल्लाकै ठूलो बगैँचाका बनाउने गरी एकीकृत ढङ्गले सुन्तला खेती थालिएको हो । रेशमलाल भने अझै एक सय बिरुवा थप्ने लक्ष्यमा छन् ।

धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न सम्भावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खनजोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको अर्का भाइ केशव शर्माले बताए ।

‘धान खेतीमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो निर्णय भयो र अहिले सबै बगैँचामा रु पाँच लाख लगानी भइसकेको छ, सिँगानाका उन्नत जातका बिरुवा मापदण्डअनुसार खाडल खनेर लगाइएको छ’, उनले भने, ‘बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमुना सुन्तला बगैँचा बनाएर कृषकका लागि अध्ययन अवलोकनको केन्द्रसमेत बनाइने लक्ष्य छ।’ एक÷एक मिटर लामो र गहिरो खाडलमा गोबर मल हालेर पाँच मिटरको फरकमा सुन्तलाका बिरुवा लगाइएको छ।

सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि बिरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ थियो। सुन्तला फार्ममा एक जनालाई रोजगारी दिनेगरी पाँच भाइबीच सल्लाह भइरहेको छ ।

एकीकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिँचाइ तथा मलजलमा सहज हुनेछ। अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकीकृत कृषि फार्म’ नामकरण गरेर दर्ता गरिएको छ ।

उक्त बगैंचालाई तारबार गर्न आवश्यक रहेको सुन्तला किसानको भनाइ थियो सुन्तला किसानलाई बगैँचा व्यवस्थापन तथा औषधि र उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid