काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार महानगरअन्तर्गतको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालयमा राजनीतिक दल र दलका भ्रातृ संगठनका कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको हो।
केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएकाे सञ्चालन गरिएकाे सप्रमाण उजुरी आएपछि महानगरको गम्भीर ध्यानाकर्षण भएको जारी सूचनामा उल्लेख छ।