sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेलाई कारबाही गर्न एमालेको माग

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३
ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेलाई कारबाही गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ ।

एमाले नेताहरुले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न ध्यानाकर्षण गराएको छ । कानुन हातमा लिने प्रवृत्तिलाई प्रधानमन्त्री स्वयंमले प्रोत्साहन गर्नु दुःखद भएको एमाले नेता राजन भट्टराईले बताए । बुधबार झापामा एमाले अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमण र हुलहुज्जत गरेको थियो ।

एमाले नेताहरुले चाबहिल सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । पाण्डेको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । तर अहिलेसम्म उनको हत्यामा संलग्नहरुलाई पक्राउ नगरिएको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ ।

भेटपछि एमाले नेता राजन भट्टराईले मुलुकको शान्ति सुरक्षा कायम गर्न गठबन्धन सरकार असफल बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘सबभन्दा ठूलो नेता असुरक्षित हुन्छ भने मुलुकको शान्ति सुरक्षा के छ भनिरहनु पर्दैन ।’

एमाले नेताहरुले आफ्ना नेताको सुरक्षाका लागि एमाले पङ्ति स्वयं लाग्नुपर्ने अवस्था नआओस् भनेर समेत सचेत गराएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid