June 6, 2025 | शुक्रबार, जेष्ठ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीले लडाकुलाई रकम दिनेबारे घटक दलहरूलाई प्रष्ट पार्नुपर्छ : माधव नेपाल

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० ११:३३
प्रधानमन्त्रीले लडाकुलाई रकम दिनेबारे घटक दलहरूलाई प्रष्ट पार्नुपर्छ : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’

पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए । ‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन’ उनले भने, ‘के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको उनले जानकारी दिए । ‘मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘पहिले दिन बाँकी रकम दिइएको हो ।’
नेपालले यसबारेमा आफूले धेरै कुरा पत्ता लगाउन नसकेको र थाहा नभएको विषयमा धेरै बोल्न नहुने बताए ।

एक फरक प्रसंगमा नेपालले अर्थतन्त्रको अहिलेको अवस्थाको लागि कुनै पार्टी विशेषलाई दोष नदिने बताए । आर्थिक अवस्था बिग्रनुमा अन्तर्राष्ट्रिय कारण प्रमुख भएको उनको तर्क थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट