May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको शेर्पा समुदायको भनाइ

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १२:१९
ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको शेर्पा समुदायको भनाइ

काठमाण्डौ – शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार पर्व मनाएको खुलासा भएको छ । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्वजनिक बिदा दिए पनि शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार मनाएको जानकारी दिएका छन् ।

शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले यसवर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेकोले त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको उज्यालोलाई जानकारी दिए ।

त्यतिबेला प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरुलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उनको भनाइ छ । गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टि जनाएका छन् ।

शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले पात्रोमा बिदा राखेकोमा उनीहरुको आपत्ति छ । यसवर्ष पात्रोमा गलत लेखिएकाले आफूहरुले सच्याउन आग्रह गरे पनि सरकारले बेवास्ता गरेको शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।