April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार आन्दोलनमा

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० 0९:४२
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार आन्दोलनमा

काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसिएशन आजदेखि आन्दोलनमा उत्रने भएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, न्यायालय भित्रको भ्रष्टाचार, विकृत, विसङ्गति अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाऊ, सुनवाइ समिति गठन गर भन्ने मागसहित बार आन्दोलनमा उत्रेको हो ।

देशै भरी आन्दोलन गर्नका लागि केन्द्रीय बारले मातहतका समितिहरूलाई निर्देशनसमेत दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट