July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:१८
कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाहरुका सन्दर्भमा सरकारसँग जवाफ मागेको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सचिव योगेश भट्टराईले सरकारसँग जवाफ माग गरेका हुन् ।

प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभामा रहेको र त्यसअनुसार प्रदेश सभाले पनि नाम तोकेको उल्लेख गर्दै उनले नाम तोकिसकेपछि भएको आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका सन्दर्भमा  गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेका हुन् ।

मधेश प्रदेश नाम राख्दा ९३ जनाले सोही नाममा समर्थन जनाएको र बाँकी ४ जनाले असहमति जनाएको बताए ।

मधेश प्रदेशको नाम राख्दा एमालेले जानकी राख्ने भने तापनि मतदानबाट मधेश प्रदेशको नाममा बहुमत पुगेकाले लोकतान्त्रिक पद्धति अनुसार भएको निर्णयलाई मानेको बताए । तर, अहिले कोशी नाम राख्दा एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको उनको दाबी छ ।

केही महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोली पूर्वको बिभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदा झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा गर्ने, कालो झण्डा देखाउने कार्य भएको उनले स्मरण गरे । यसैमा एमाले सचिव भट्टराई थप्छन्, ‘त्यतिमात्रै होइन केही ठाउँमा एम्बुस समेत थापिएको थियो । त्यसको मतलव हाम्रा नेताहरुको हत्याको प्रयास भएको थियो भन्ने स्वभाविक रुपमा भन्न सकिन्छ ।’

त्यसबेला ध्यानाकर्षण गराउँदा गृहमन्त्री श्रेष्ठले सरकारको ध्यानाकर्षण भएको बताएको तर, त्यस्ता कार्य गर्नेहरु कारबाहीको दायरामा आउन नसकेको भट्टराईले बताए ।

साथै, प्रदर्शनको क्रममा विराटनगरमा एक जनाको मृत्यु समेत भएको उल्लेख गर्दै उनले भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– पुलिसको लाठीबाट, गोलीबाट त्यो प्रदर्शनकारीको मृत्यु भएको हो कि होइन ?’ सञ्चारमाध्यममा प्रदर्शनकारीहरुकै तर्फबाट हानिएको लाठी लागेर मृत्यु भएको भनेर समाचार आएको उल्लेख गर्दै उनले त्यसबारे पनि गृहमन्त्रीको जवाफ माग गरे ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्