July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:१२
सुदूरपश्चिमका २ क्रिकेट खेलाडीलाई प्रदेश सरकारले जनही २ लाख पुरस्कार दिने

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका खेलाडीलाई २ लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय टिमका खेलाडीभित्र परेका सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुईरदुई लाख पुरस्कार प्रदान गर्ने सरकारका प्रवक्ता नरेशकुमार शाहीले बताए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।

यस्तै, राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका सन्दिप जोरालाई एक लाख र टिमभित्र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउँदलाई ५०र५० हजार पुरस्कार दिइने भएको छ । नेपालले पहिलोपटक विश्वकप क्रिकेट छनोटमा पुगेर ऐतिहासिक सफलता प्राप्त गरेको छ ।

साथै, फागुनमा सम्पन्न खेलमा यू–१९ विश्वकपमा नेपाल एसिया विजेता बन्दै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हुन सकेको गौरवमा योगदान गर्ने सुदूरपश्चिमका पाँच जना खेलाडीलाई पनि जनही एक–एक लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा छ । पुरस्कार पाउने घोषित खेलाडीमा सुदूरपश्चिमका हेमन्त धामी, आकाश चन्द, दिपक बोहरा (ब्याट्सम्या), दीपक बोहरा (अलराउन्डर) र मिलन बोहरा रहेका छन् । सरकारले उक्त टिममा पाँच जना अफिसियललाई पनि जनही ५० हजार नगर प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टीमले उचाइ प्राप्ति गरेको बताउँदै प्रदेश सरकारले आफ्नो प्रदेशका खेलाडीलाई पुरस्कृत तथा सम्मान गर्ने घोषणाले खेलाडीलाई प्रोत्साहन हुने बताए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १३:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट