काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् ।
भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत छन् । नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । थप विवरण भने आउन बाँकी छ ।