April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

प्रहरीले फेला पार्यो निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:१५
प्रहरीले फेला पार्यो  निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

काठमाडौं । काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको हो । पक्राउ परेका बिक घटनापछि कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरी स्रोतको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बिकले निराको सुन लुटपाट गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

उनले केही सुन घटना भएको भोलिपल्ट बालाजुको एक सुन पसलमा राखेको अनुसन्धान अधिकारीले बताएका छन् । त्यसक्रममा उनी राइड सेयर एप पठाओ र टेम्पो चढेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको प्रमाणसहित केन्द्रीय अनुसन्धान व्यूरोले बिकलाई आइतबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको टोलीले काठमाडौं ल्याइसकेको छ ।

पक्राउ परेका बिक यसअघि काठमाडौंमा एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा कार्यरत व्यक्ति हुन् । एक सातासम्म पनि घटनाबारे कुनै पत्ता नलागेपछि हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट