sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४३
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त गरेको थियो । वैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएको दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका थिए ।

‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भनेका थिए । तर आजसम्म मिति तय हुन नसक्दा भ्रमण नै अनिश्चित बन्न पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् ।

मन्त्री साउदले अझै पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा आन्तरिक तयारी चलिरहेको आइतबार रातोपाटीलाई बताए । ‘भ्रमणको क्रममा छलफल हुने एजेन्डाको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ, केही दिनमा सबै विषय टुङ्गो लाग्छ । त्यसपछि  मिति तय हुन्छ’, उनको भनाइ छ ।

यसअघि नै भारतले मे १० देखि १९ तारेखको बीचमा जुनसुकै दिन भारतको भ्रमण गर्न सकिने निमन्त्रणा पठाएको छ । नेपालले पनि प्रचण्डले वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा कुनै दिन भ्रमणमा आउन सकिने कार्य तालिकाको प्रस्ताव दिल्ली पठाएको थियो । तर हालको तयारी हेर्दा यो मितिमा भ्रमण हुनेजस्तो नदेखिएको नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले बताए । नेपालकै तर्फबाट भ्रमणमा अलमल भइरहेको ती अधिकारीको दाबी छ ।

उपचुनावपछि नेपालको राजनीति परिस्थिति फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भय प्रचण्डमा छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न ढिलाइ हुने अवस्था आएको बताइएको छ । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid