July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुँदै

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३७
विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुँदै

विराटनगर । विराटनगरमा आजबाट ‘विराट गोल्ड कप’ सुरु हुदैछ ।
शहिद रंगशालामा हुने प्रतियोगिता रात्रीकालीन हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।

साँझ ६ बजेदेखि औपचारिक कार्यक्रम सुरु भएर साँझ ७ बजेदेखि प्रतियोगिता सुरु हुने विराट गोल्डकपका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए । उद्घाटन खेल आयोजक र नेपाल पुलिस क्लबबीच हुनेछ कोइरालाले जानकारी दिए । ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् । त्यस्तै संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् । भारतको केरलाको लुका सकर र डुक लयुल फुटबल क्लब भुटान पनि सहभागि छन् ।

गोल्डकपको विजेता टोलीले २० लाख १५ हजार पुरस्कार पाउनेछन् । उपविजेताले १० लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गत सिजन विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्