July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

बढ्यो खोलेसागको माग

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:0५
बढ्यो खोलेसागको माग

कावासोती । अहिले नवलपरासी पूर्वकाकृषकले बाँझो जमिनको सदुपयोग गर्दै खेतमा खोले सिमसार जातको साग रोप्न थालेका छन्। बजारमा यसको माग अत्यधिक बढ्दा किसानलाई भ्याइनभ्याइ भएको छ। नवलपरासी पूर्वका कावासोती नगरपालिका आसपासका कृषकहरू अहिले बाँझो जग्गालाई सदुपयोग गर्दै खोले सिमसार जातको साग रोप्न व्यस्त छन्।

कृषक धनिराम गुरौले सागको स्याहारसम्भार गर्न र बिक्री गर्ने काममा व्यस्त भएको बताउनुभयो। यहाँका कृषकले बाँझो जग्गामा कात्तिक महिनादेखि नै खेत रोपाइँ गरेजसरी खोलेसाग रोप्ने गरेका छन्। हरेक महिनामा खोलेसाग टिपेर बिक्री गर्ने गरेको र यसले यहाँका किसानको आर्थिक अवस्थामा सुधार आएको गुरौले बताउनुभयो। अहिले यो मौसममा खोलेसाग टिपेर बिक्री गर्ने समय भएको उहाँले जानकारी दिनुभयो। खेतमा लगाइने यो साग हरेक एक महिनामा खान योग्य हुने भएकाले यसको मागसमेत अत्यधिक छ। किसानलाई मागअनुसार पु-याउन नै समस्या भएको कृषक रामकली महतोले बताउनुभयो। बाँझो जमिनमा धान रोपेजस्तै गरी यो साग खेतबारीमा छर्ने गरिन्छ। यसलाई किसानले घाँस काटेजस्तै गरी काट्ने र पानीमा डुबाएर सफा गर्ने अनि मुठा बनाएर बिक्री गर्न लगिने गरेको कृषक श्याम थारूले बताउनुभयो।

पाँच कट्ठा खेतमा रोप्दा सुरुमा पाँच हजारसम्म खर्च हुने गरेको र त्यसबाट वर्षमा डेढ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन्। कृषक हुकुम सिंह महतो थारूले अहिले खेतमै साग किन्ने ग्राहकको भिड बढ्ने गरेको बताउनुभयो। खोलेसागले अहिले कावासोती नगरपालिका आसपासका क्षेत्रहरू परिचित छन्। बजारमा पाइने अन्य किसिमका सागभन्दा यसमा विषादी नहुने भएकाले पनि माग बढेको कृषकको बुझाइ छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट