May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

स्वास्थ्यमन्त्रीले थपे वीर अस्मापतालमा भीभीआईपी उपचार कक्ष

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:0२
स्वास्थ्यमन्त्रीले थपे वीर अस्मापतालमा भीभीआईपी उपचार कक्ष
  • स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तयार 
  • वीर अस्पतालको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै
  • बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै उनले स्वास्थ्य क्षेत्र सुधारमा लागिपरेको बताए ।

स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।

मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । उनले बीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शैय्या छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर कुल पाँच शैय्यासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ठ व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित भान्साको समेतको सुविधा छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।