sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० 0८:४२
एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

 

बाँके । नेपालगञ्जको जमुनाह नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ।  सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो।

कार्यालय प्रमुख खनालले भन्नुभयो, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो। लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो। नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ।”

यही मे महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अबको डेढ महिनाभित्र निर्माण कार्य पूरा हुने जानकारी भारतीय पक्षले नेपाली पक्षलाई गराएको छ। एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको छ।

जमुनाहभन्दा पश्चिमतर्फ नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दसगजाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण भइरहेको छ। एकीकृत जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको भए पनि दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो। नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको रहेको छ।

यसअघि वीरगञ्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ अप्रिल र सन् २०२० जनवरीमा संयुक्त रूपमा उद्घाटन भइसकेको छ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० 0८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid