November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:२0
जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

काठमाडौं । भारतको पूर्वोतर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ । भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।

हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द गरिएको छ । जसका कारण मणिपुरबाट निर्वाध सूचना प्रवाह हुन सकेको छैन र पछिल्लो विवरण सार्वजनिक हुन सकेको छैन ।

साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ । मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।

चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भए पनि यो संख्या अझैँ ठूलो हुनसक्ने बताइएको छ । बुधबार मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाती वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो । त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध ¥याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको थियो ।

जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातीको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोध गरेको हो । मणिपुरको मैदानी भागमा रहेको मैतेई र पहाडी इलाकामा रहेको कुकी जनजाती समुदायबीच धेरै अघिदेखि यस विषयमा दरार उत्पन्न भइरहेको छ । राज्य र केन्द्र सरकारले यसको उचित व्यवस्थापन गर्न सकेका छैनन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्