May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४
कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन
  • तेजाब आक्रमण विरुद्धकाे जागरण दिवस
  • अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे खातुनको गुनासो 
  • कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्यो 

काठमाडाैं ।।

तेजाब पीडित मुस्कान खातुनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएकाे छ । तेजाब आक्रमण विरुद्धकाे जागरण दिवसकाे अवसरमा एमाले केन्द्रीय कार्यालय कार्यालय च्यासलमा साेमबार आयाेजित कार्यक्रममा खातुनले तेजाब पीडितका लागि कडा कानुन ल्याएकाे भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयाे ।

पीडितकाे पीडा सुनेर १५ दिनभित्र कानुन ल्याउनु ठूलाे कुरा भएकाे भन्दै उहाँले याे गर्व गर्न लायक कुरा भएकाे बताउनुभयाे । ‘बालाई एकदमै धन्यवाद भन्न चाहान्छु, उहाँले हाम्राे पीडा सुनेर कानुन ल्याउनुभयाे, १५ दिनभित्रै कानुन ल्याउनु भनेकाे एकदमै ठूलाे काम हाे, एकदमै गर्व गर्न लायक काम हाे, मलाई जहाँसम्म लाग्छ नेपालमा १५ दिनभित्रै कानुन आएकाे भनेकाे सायद तेजाबसम्बन्धी कानुन पहिलाेपटक हाे’- खातुनले भन्नुभयाे ।

कानुन बनेपनि पीडितहरु औषधि लिन अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे भन्दै उहाँले यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयाे ।औषधि लिनका लागि अस्पताल जाँदा १० वटा प्रमाणपत्र बुझाउनुपर्ने भन्दै खातुनले यसका लागि कुनै परिचयपत्र (कार्ड) काे व्यवस्था गरिदिन आग्रह गर्नुभयाे । कतिपय ठाउँमा तेजाब पीडितलाई जागिर दिने भनेपनि नदिइएकाे पाइएकाे भन्दै उहाँले कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।