काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहेको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा अहिले स्थायी कमिटी बैठक बसेको हो।
जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र गैरभौगोलिकसहित ८ प्रदेशले पेश गरेको प्रतिवेदन र समूहगत छलफलमा उठेका सवाललाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बसेको हो। स्थायी कमिटीले पास गरेको कार्ययोजना आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।
१० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक आज सम्पन्न हुँदैछ।