April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

७७ वटै जिल्लामा संगठन विस्तार गर्दै सीके राउत

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:४७
७७ वटै जिल्लामा संगठन विस्तार गर्दै सीके राउत
  • डा. सीके राउत नेतृत्वको सबै क्षेत्रमा संगठन विस्तारमा तिब्रता
  • ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान

काठमाडौं ।।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा संगठन विस्तार गरिसकेको जनमत पार्टीले बाँकी ५४ वटा जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।

पार्टीमा आवद्ध भएर काम गर्न चाहनेहरुका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले संगठन विस्तार सुरु गरिएको हो ।

‘हामी पहिलो निर्वाचनबाटै राष्ट्रिय पार्टीको रुपमा उदायौं, अब पार्टीको सांगठानिक संरचना पनि राष्ट्रव्यापी बनाउन लागेका छौं’, नेता साहले भने, ‘हिमाल पहाडका जनताले पनि डा. सीके राउतको नेतृत्वलाई स्वीकार गर्दै हुनुहुन्छ । हामी हिमाली र पहाडी भेगका जनतालाई पनि समेटेर पार्टी विस्तार गर्दैछौं ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हाल प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।